राजीनामा माग्नुको तुक छैन : क्रिकेट सङ्घका अध्यक्ष चन्द

 माघ १८, २०७९ बुधबार १७:१४:९ | सागर राज तिमिल्सिना
unn.prixa.net

फाइल फाेटाे

कास्की – नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले कार्यसम्पादन समितिको राजीनामा माग्नुमा कुनै तुक नरहेको बताउनुभएकाे छ । पोखरामा क्यानको बोर्ड बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष चन्दले पाँच सदस्यीय टोलीले राजीनामा माग्नुको तुक नरहेको बताउनुभएकाे हाे । 

अध्यक्ष चन्दले राजीनामा बाहिर हल्ला गरेर माग्ने नभई साधारण सभामा माग्ने वा ३३ प्रतिशतका हस्ताक्षर लिएर आउन चुनौती दिनुभयाे । उहाँले ३३ प्रतिशत सदस्यले लिखित माग गरेर आएमा ३५ दिनभित्रमा विशेष साधारण सभा गरेर आफू अध्यक्ष पद छाड्न तयार भएको बताउनुभयाे । 

अध्यक्ष चन्दले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पठाएको दुई सदस्यको कुनै औचित्य नै नभएको बताउनुभयाे । क्यान कार्यसम्पादन समितिकाे राजीनामा माग्ने सात जनामध्ये दुई जनालाई राखेपले मनोनयन गरेर पठाएको छ ।  

नेपाल टी–२० लिग आयोजना गर्न सेभेन थ्री स्पोर्ट्ससँग भएको सम्झौता एकपक्षीयरूपमा रद्द भएको प्रसङ्गमा अध्यक्ष चन्दले सङ्घले पाउनुपर्ने पैसाका लागि आवश्यक कानुनी प्रक्रियामा जाने बताउनुभयाे ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया