गोरखाका ३ वटा पालिकामा २ सय १९ वटा छाडा कुकुरको बन्ध्याकरण

 माघ २६, २०७९ बिहिबार २०:८:५ | किरण लोहनी
unn.prixa.net

गोरखा – गोरखाका ३ वटा पालिकामा २ सय १९ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका र आरुघाट गाउँपालिकामा गरी २ सय १९ वटा छाडा कुकुरको बन्ध्याकरण गरिएको हो । 

गण्डकी प्रदेश सरकारको वार्षिक कार्यक्रमअनुसार कुकुरको बन्ध्याकरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । छाडा कुकुरको सङ्ख्या नियन्त्रण गर्ने उद्देश्यले बन्ध्याकरण कार्यक्रम गरिएको केन्द्रकी निमित्त प्रमुख डाक्टर शर्मिला कुमालले बताउनुभयो । गएकाे वर्ष गण्डकी गाउँपालिकाका ७८ वटा कुकुरको बन्ध्याकरण गरिएको थियो । आउँदाे वर्ष पनि अन्य पालिकामा यो कार्यक्रम सञ्चालन हुने उहाँले बताउनुभयो । 

छाडा कुकुरबाट थप सन्तान उत्पादन नहोस् भनेर कुकुरको बन्ध्याकरण गर्ने गरिन्छ । कुनै पनि जनावर मार्न नपाइने अन्तर्राष्ट्रिय मान्यताका कारण कुकुरलाई बन्ध्याकरण गरी प्रजनन दर घटाउनका लागि कार्यक्रम सञ्चालन गरिएकाे प्रदेशको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता डाक्टर गृष्म न्यौपानेले बताउनुभयो ।

विश्वमा ३६ वर्ष पहिले अर्थात् सन् १९८६ मा कुकुरको बन्ध्याकरण अभियान सुरु भएकोमा नेपालमा भने सन् २०१० बाट सुरु भएको हो । जनावरको सुरक्षा, स्वास्थ्य र उद्धारको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था हिमालयन एनिमल रेस्क्यु ट्रस्टकाे सहयोगमा देशका विभिन्न पालिकाले कुकुरको बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • कुमार बेलबासे

    Feb. 9, 2023, 8:37 p.m.

    हैन बन्ध्याकरण गर्नु भनेको एउटा जानवरलाई संसारबाट समाप्त पार्नु अर्थात निषेध गर्नु होईन र ? सायद जंगली कुकुरहरू आफै आएर शहर बजारका भुस्याहा कुकुर बन्दैनन् होला त ! कुकुर पाल्ने अनि बूढो वा अन्य कारणले स्वतन्त्र छोडिदिने गर्नालेनै भुस्याहा कुकुरको संख्या दिनानुदिन बढ्दै गरेको पक्का हो । यसको निदान भनेको जसरि जंगली जन्तुको पनि पहिचान र संख्या निर्धारण गर्ने प्रविधि छ त्यस्तै घरपाला जीवको अर्थात कुकुर-बिरालो मात्रै किन र गाई-भैंसीको समेत अनुगमन गर्नेहो भने र दोषी अर्थात जसले त्यसलाई पालेको हो त्यो तथाकथित 'मालिक' घरधनीलाई कठोर कार्वाहीको कानुनी प्रावधानको व्यवस्था गर्नेहो भने कुनै प्राणी निषेध हुने थिएनन् कि ; अनि प्राकृतिक सन्तुलन बनिरहन सक्थ्यो कि ?

  •  0 Reply

तपाईको प्रतिक्रिया