भारतको गुजरातमा ४ अर्ब २५ करोड भारतीय रुपैयाँको लागुऔषध बरामद

 फागुन २३, २०७९ मंगलबार १४:३२:७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको गुजरातमा चार अर्ब २५ करोड भारतीय रुपैयाँको लागुऔषध बरामद भएको छ । भारतीय तट रक्षकको सुरक्षा बलले गरेको संयुक्त खोजतलासका क्रममा चार अर्ब २५ करोड भारु बराबरको ६१ किलो खैरो हिरोइन बरामद गरेको बीबीसी हिन्दीले जनाएको छ ।

इरानबाट आएको डुङ्गामा लागुऔषध भेटिएको र पाँच जना पक्राउ परेका खबरमा उल्लेख छ । इरानबाट लागुऔषध आइरहेको गोप्य सूचनाको आधारमा सुरक्षा बलले खोजी अभियान चलाएको थियो ।

अहिले पक्राउ परेको गिरोह ठूलो अन्तर्राष्ट्रिय गिरोहसँग सम्बन्धित रहेको शङ्कामा अनुसन्धानलाई तीव्र बनाइएको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया