त्रिदेशीय एक दिवसीय क्रिकेट शृङ्खलामा नेपालले पीएनजीलाई दियो २ सय ९८ रनको लक्ष्य

 फागुन २५, २०७९ बिहिबार १३:१२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ सय ९८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४९ ओभर १ बलमा २ सय ९७ रनमा अलआउट भयो ।

आज नेपालका आशिफ शेखले शतक बनाएका छन् । उनले एक सय १० रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो पहिलो पहिलो शतक पनि हो । आशिफको एकदिवसीय खेलमा एक हजार रन पनि पूरा भएको छ । एकदिवसीयमा एक हजार रन पूरा गर्ने आशिफ दोस्रो नेपाली खेलाडी बनेका छन् । यसअघि कप्तान रोहित पौडेलले एक हजार रन बनाएका थिए । आज कुशल भुर्तेल ४५, भीम सार्की ४४ तथा कप्तान रोहित पौडेल ३० रनमा आउट भए ।

ज्ञानेन्द्र मल्ल ११, करण केसी ८, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने समान ७ रनमा आउट भए । २ सय ९८ रनको लक्ष्य पछ्याएको पीएनजीले अहिले केहीबेरमा ब्याटिङ गर्नेछ । आईसीसी विश्व कप क्रिकेट लिग–२ को यो अन्तिम शृङ्खला हो ।

नेपाललाई शीर्ष तीनमा रहँदै आउँदो जुन/जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोट सोझै खेल्न बाँकी सबै ४ खेल जित्नुपर्ने हुन्छ । त्यस्तै एकदिवसीय मान्यता कायमै राख्न दुई खेल जित्नुपर्ने दबाब छ । शृङ्खलामा घरेलु टोली नेपालसहित यूएई र पपुवा न्युगिनी रहेका छन् । नेपालले यूएई र पपुवा न्युगिनीसँग समान २/२ खेल खेल्नेछ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया