भारतसँगको चौथो तथा अन्तिम टेस्टमा अस्ट्रेलियाकाे राम्रो सुरुवात

 फागुन २६, २०७९ शुक्रबार ६:५१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतसँगको चौथो तथा अन्तिम टेस्टमा पाहुना टोली अस्ट्रेलियाले राम्रो सुरुवात गरेको छ ।

अहमदाबादमा टस जितेर पहिला ब्याटिङ थालेको अस्ट्रेलियाले पहिलो दिन ४ विकेट गुमाउँदै २ सय ५५ रन बनाएको छ । उसका ओपनर उस्मान खवाजा १ सय ४ रन तथा क्यामरन ग्रीन ४९ रनमा अविजित भएका छन् ।

पाँचौँ विकेटका लागि खवाजा र ग्रिनले ८५ रनको साझेदारी गरेका छन् । खवाजाको टेस्ट करिअरमा यो १४औँ शतक हो । ट्रविस हेड ३२ रनमा आउट भए । स्टिभ स्मिथले ३८, मार्नस लाबुसेनले ३ तथा पिटर ह्यान्डस्कम्बले १७ रन बनाए ।

भारतका मोहम्मद शामीले दुई तथा रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले एक/एक विकेट लिए । चार टेस्ट खेलको शृङ्खलामा भारत २–१ ले अघि छ । अस्ट्रेलिया आईसीसी विश्व टेस्ट च्याम्पियनसिप–२०२३ को फाइनलमा पुगिसकेको छ । भारतलाई भने फाइनलका लागि अन्तिम खेलमा जित आवश्यक छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया