विगत १५ वर्षमा समुद्रमा प्लास्टिक प्रदूषण अत्यधिक वृद्धि

 फागुन २६, २०७९ शुक्रबार ७:१:५ | एजेन्सी
unn.prixa.net

विश्वका समुद्रमा प्लास्टिक प्रदूषण विगत १५ वर्षमा अत्यधिक स्तरमा पुगेको एक अध्ययनले देखाएको छ । सन् २००५ यता विश्वका समुद्रमा प्लास्टिक प्रदूषण अत्यधिक स्तरमा पुगेकाे ओपन एक्सेस जर्नल पीएलओएस वानमा प्रकाशित अध्ययनले देखाएकाे हाे । 

महासागरीय प्लास्टिक प्रदूषण विश्वभरि नै एक निरन्तर समस्या बनेको छ । यसबाट समुद्री जीव–जनावर माछा मार्ने जालजस्ता प्लास्टिकका ठूला टुक्राहरूमा फस्न सक्ने अध्ययनमा उल्लेख छ । साथै माइक्रोप्लास्टिक खाएका जीव–जनावर मानिसले उपभोग गर्ने खाद्य शृङ्खलामा पनि प्रवेश गर्ने जोखिम बढेको लेखक लिसा एर्डललाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

अनुसन्धानले विश्वका समुद्रको सतहमा अहिले अनुमानित १ सय ७० ट्रिलियन प्लास्टिकका टुक्राहरू, मुख्यतया माइक्रोप्लास्टिकहरू रहेको दाबी गरेको छ । समुद्रमा प्रवेश गर्ने प्लास्टिकको दरलाई समयमै नियन्त्रण गर्न सकिएन भने आउँदा दशकमा धेरै गुणाले बढ्न सक्ने पनि देखिएको छ ।

अनुसन्धानकर्ताले सन् १९७९ देखि २०१९ सम्मको ४० वर्षको अवधिमा विश्वभरका ११ हजारभन्दा बढी स्टेसनबाट प्लास्टिकको नमुना लिएका थिए । लुगाफाटा, टायर र एकल–प्रयोग प्लास्टिक जस्ता चीजहरू प्रायः तटको नजिक पुगेर समुद्रलाई प्रदूषित गराउँछन् ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया