नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा निरौला विजयी : उप्रेती २६ मतले पराजित

 चैत ५, २०७९ आइतबार ७:५०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा मोहन निरौला विजयी हुनुभएको छ ।

झन्डै सात सय सदस्य रहेको सङ्घको चुनावमा चार सय ६८ मत खसेको थियो । खसेको चार सय ६८ मतमा दुई सय ३५ मत प्राप्त गरी निरौला अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी अभिनेत्री रेजिना उप्रेतीले दुई सय नौ मत प्राप्त गर्नुभयो ।

सङ्घ स्थापना हुँदा नै सदस्य रहेका निरौला त्यसपछि कार्यसमितिमा चार कार्यकाल महासचिव र तीन कार्यकाल उपाध्यक्ष रहिसक्नुभएको थियो । अध्यक्षमा निर्वाचित भएपछि निरौलाले आउँदाे दिनमा कलाकारले  महसुस गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उपाध्यक्षमा कविता गेलालले एक सय ५१ मत र शिवहरि नेपाल ‘वैरागी’ ले एक सय ४० मत तथा महासचिवमा सविन श्रेष्ठले एक सय १२ मत प्राप्त गरेर विजयी हुनुभएको छ ।     

यस्तै सचिवमा रामेश्वर बुर्लाकोटीले दुई सय २३ मत र कोषाध्यक्षमा सुनिल कटुवालले दुई सय ६० मत प्राप्त गर्दै विजयी हुँदा सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित हुनुभयो । सदस्यमा शीतल केसी सर्वाधिक तीन सय दुई मत ल्याएर विजयी हुनुभयो । अन्य सदस्यमा गोपाल ढकाल दुई सय ८७, उद्धवप्रसाद भट्टराई दुई सय ११, पवन केसी दुई सय दुई, नम्रता खरेल एक सय ८७, पुकार भट्टराई एक सय ८२, खुश्बु खड्का एक सय ७७, सरिता राधोपाध्याय एक सय ४६, रोशन श्रेष्ठ एक सय ३५ र समीर लामा एक सय ३३ मत प्राप्त गरी विजयी हुनुभयो । 

 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया