भारतसँगको एकदिवसीय क्रिकेट शृङ्खलाको उपाधि अस्ट्रेलियालाई

 चैत ९, २०७९ बिहिबार ६:४२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - घरेलु टोली भारतसँगको एकदिवसीय शृङ्खलाको उपाधि अस्ट्रेलियाले जितेको छ । अस्ट्रेलियाले तेस्रो तथा अन्तिम खेलमा भारतलाई २१ रनले हराउँदै शृङ्खला २–१ ले जितेको हो ।

पहिलो खेलमा पाहुना टोली अस्ट्रेलिया ५ विकेटले पराजित भएको थियो । अस्ट्रेलियाले दोस्रो खेल १० विकेटले जितेको थियो । तेस्रो तथा निर्णायक खेलमा अस्ट्रेलियाले भारतलाई २ सय ७० रनको लक्ष्य दिएको थियो । भारत ४९ ओभर १ बलमा २ सय ४८ रनमा अलआउट भयो ।

भारतका विराट कोहलीले सर्वाधिक ५४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । अस्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिए । त्यस्तै एस्टन अगरले २ तथा मार्कस स्टोइनिस र सेन एबोटले एक/एक विकेट लिए । त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलिया ४९ ओभरमा २ सय ६९ रनमा अलआउट भएको थियो ।

अस्ट्रेलियाका मिचेल मार्शले सर्वाधिक ४७ रन बनाए । भारतका हार्दिक पान्ड्या र कुलदीप यादवले समान ३ विकेट लिए । मोहम्मद शिराज र अक्षर पटेलले दुई/दुई विकेट लिए । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया