ह्विलचेयर क्रिकेट टोली भारत जाँदै

 चैत ९, २०७९ बिहिबार १०:३६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ह्विलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुने १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली आज भारतको गुजरात जाँदैछ ।

हिमाल अर्यालको कप्तानीमा रहेको टोलीको सदस्यमा रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोमनाथ राई, फणिनारायण पौडेल, रमेश खत्री, वरुण बुढा मगर र राजु कट्वाल रहेका छन् । प्रशिक्षकमा भरतकुमार कार्की छन् ।

टोली प्रमुखमा नेपाल पारालिम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला तथा अफिसियलमा महासचिव प्रकाश चिलवाल रहेका छन् । आजदेखि १५ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, बङ्लादेश र श्रीलङ्का गरी चार राष्ट्रको सहभागिता रहनेछ ।

चार टिमबीच राउन्ड रोबिन लिगका आधारमा खेल हुनेछ । लिगमा शीर्ष दुई स्थान हात पार्ने टिमले पुनः उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । नेपालले भोलि श्रीलङ्कासँग खेल्ने छ भने पर्सि भारत र सोमवार बङ्लादेशसँग खेल्ने छ । 

तस्बिर : सीएमस नेपाल

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया