राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्षमा फरक हुनुपर्छ भनेर हेक्का राखेको छु : राष्ट्रपति पौडेल

 चैत १२, २०७९ आइतबार १३:२२:० | किरण लोहनी
unn.prixa.net

गाेरखा दरबार भ्रमणका क्रममा राष्ट्रपति पाैडेल

गाेरखा – राष्ट्रपति रामचन्द्र पौडेलले राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्षमा फरक हुनुपर्छ भनेर हेक्का राखेको बताउनुभएको छ ।

गोरखा भ्रमणका क्रममा आज आइतवार गोरखा सङ्ग्रहालयमा संक्षिप्त सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नागरिकसँग जोडिने र पिरमर्का बुझ्ने विषयमा राजतन्त्रका राष्ट्राध्यक्ष र गणतन्त्रका राष्ट्राध्यक्षबीच फरक हुनैपर्छ भन्नेबारेमा आफूले हेक्का राखेको बताउनुभएको हो । उहाँले कुनै पनि व्यक्तिको आउजाउलाई ‘सवारी’ भन्ने शब्द प्रयोग नगर्न पनि सुझाव दिनुभयो ।

विशिष्ट व्यक्ति आउजाउ गर्दा सवारी भयो भन्दाखेरी सामन्तवादी शैलीजस्तो देखिने र ठेट नेपाली शब्द पनि नभएकाले बरु आवागमन भन्न पनि राष्ट्रपति पाैडेलले सुझाव दिनुभयो । पछिल्लो समय उहाँले आफ्नो भ्रमणका बेला अरू गाडी र नागरिकको आवागमन नरोक्न निर्देशन दिँदै आउनुभएको छ ।

यसैबीच राष्ट्रपति पाैडेलले बुढीगण्डकी आयोजना, पालुङटार विमानस्थल निर्माण र मनास्लु पदमार्ग राम्रोसँग सञ्चालन गर्न सकेमा गोरखाको मुहार फेरिने पनि उल्लेख गर्नुभयो ।

राष्ट्रपति भएपछि पहिलो पटक काठमाण्डौबाहिरको भ्रमण गर्नुभएका पौडेलले पत्नीका साथमा गोरखकाली र गोरखनाथ मन्दिरमा झन्डै आधा घण्टा पूजाआजा गर्नुभयो । यस्तै उहाँले पैदलै हिँडेर गोरखा दरबार सङ्ग्रहालयको अवलोकन गर्दै पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण पनि गर्नुभयाे ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया