वनबाट सल्केकाे आगाे बस्तीमा पस्दा एक घर जलेर नष्ट

 चैत १५, २०७९ बुधबार १२:५१:५२ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – गएराति मन्थली नगरपालिका–५ सुनारपानीको सालघारी सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा एक घर जलेर पूर्णरुपमा नष्ट भएको छ । 

जंगलमा लागेको आगो अकस्मात बस्तीमा पस्दा सुनारपानी मचबारीका यमबहादुर मगरको घर जलेर पूर्णरुपमा नष्ट भएको हो । त्यसैगरी आगलागीमा परी सोही घरमा बाधिरहेको एउटा गोरु पनि आगोमा परेर जलेको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीका वडा अध्यक्ष रबिन कार्कीले जानकारी दिनुभयाे । 

उहाँका अनुसार तीन दिनदेखि सालघारी सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । गएराति सामुदायिक वनबाट बस्तीमा पसेको आगो नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय सहितको टोलीले नियन्त्रणमा लिए पनि जंगलमा लागेको आगो भने अझै लागिरहेको अध्यक्ष कार्कीले बताउनुभयाे ।

गएराति एकै दिन मन्थली नगरपालिकाको वडा नं १,३,५ र ८ का विभिन्न सामुदायिक वनमा आगलागी भएको छ । आगलागीबाट करोडौँ मूल्य बराबरको काठ जलेर पूर्णरुपमा नष्ट भएको छ भने सामुदायिक वनमा रहेका विभिन्न प्रजातिका चराचुरुङ्गी र जंगली जनावरहरु पनि जलेका छन् । पछिल्लो केही दिनयता रामेछापका विभिन्न सामुदायिक वनहरुमा आगलागीका घटनाहरु बढ्दै गएका छन् । 
    

 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया