भारतमा फेरि कोरोनाका सङ्क्रमित बढ्न थाले, सचेत रहन डब्ल्यूएचओको आग्रह

 चैत १८, २०७९ शनिबार ८:४:३१ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – भारतमा फेरि कोरोनाका सङक्रमित बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा तीन हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो पाँच महिनापछि एकै दिन तीन हजारभन्दा धेरैको सङख्यामा सङ्क्रमण पुष्टि भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको बुधबार तीन हजार सङ्क्रमित फेला परेका थिए । महामारी कम भएसँगै गएको अक्टोबर २८ तारिखमा सबैभन्दा धेरै दुई हजार दुई सय आठ जनामा सङ्क्रमण देखिएको थियो । अहिले भारतमा १५ हजार २ सय ८ जना सक्रिय सङक्रमित रहेका छन् ।

केन्द्र सरकारले स्वास्थ्य तथा मातहतका निकायलाई सम्भावित महामारीको सामनाका लागि तत्काल समीक्षा गर्न तथा रोकथामका आवश्यक उपाय अवलम्बन गर्न निर्देशन दिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पनि कोरोना महामारीको सम्भावित नयाँ चरणलाई दृष्टिगत गरी खोपको पहुँच बढाउन तथा सावधानी अपनाउन आह्वान गरेको छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया