तनहुँमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयाे, दुई जना घाइते

 चैत १८, २०७९ शनिबार १६:३४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

तनहुँ - तनहुँमा ट्र्याक्टर दुर्घटनामा परि एक जनाकाे ज्यान गएकाे छ । दुई जना घाइते भएका छन् । 

भानु नगरपालिका–२ भकुन्थोकमा रहेकाे डुम्रे बेसीसहर सडक खण्ड जोड्ने भित्री सडकमा बा ०३–००१ त २२६ नम्बरकाे ट्र्याक्टर दुर्घटना हुँदा ४० वर्षीय ईश्वर अधिकारीको ज्यान गएकाे हाे । दुर्घटनामा घाइते भएका उहाँको  उपचारका क्रममा चितवनमा रहेकाे पुरानो मेडिकल कलेजमा ज्यान गएकाे हाे ।

दुर्घटनामा अधिकारीका छोरा १७ वर्षीय समिर तथा ३९ वर्षीय दीपक नेपाली घाइते भएका छन् । दुवैको पुरानो मेडिकल कलेजमै उपचार भइरहेको छ । 

 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया