केरलामा रेलको सिटमा बस्ने विषयमा भएको विवाद पछिको घटनामा तीन जनाको ज्यान  गयो

 चैत २०, २०७९ सोमबार १३:१५:४४ | एजेन्सी
unn.prixa.net

भारतको केरलामा रेलको सिटमा बस्ने विषयमा भएको विवाद पछिको घटनामा तीन जनाको ज्यान गएको छ । आठ जना घाइते भएका छन् ।

केरलाको कोझिकोडमा एक वर्षको बच्चासहित तीन जनाको रेल वे ट्रयाकमा शव भेटिएको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हिजो रेलको सिटमा बस्ने विषयमा दुई जनाबीच विवाद हुँदा एक जनाले अर्का व्यक्तिलाई आगो लगाइदिएका खबरमा उल्लेख छ । त्यसपछि यात्रुले रेलको आपत्कालीन चेन ताने । रेलको गति कम हुन थाल्यो ।

यही मौकामा घटनामा संलग्न व्यक्ति भागेका आशङ्का गरिएको छ । घटनाको अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया