फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता...
जेठ ३, २०८१ बिहिबार
सप्तरी – जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) नवीन थापाले रक्सी खाएर जनता समाजवादी पार्टी (जसपा) का जिल्ला अध्यक्ष केदार यादवलाई कुटपिट गरेको विरोधमा प्रदर्शन भएको छ ।
जसपाका नेता तथा कार्यकर्ताले सप्तरीको सदरमुकाम राजविराजमा प्रहरीको विरोधमा प्रहरी कार्यालयको मूल गेटमा टायर बालेर प्रदर्शन गरेका हुन् । नेता यादवले एक घटनाबारे बुझ्न जाँदा प्रहरी निरीक्षक थापाले यादवलाई कुटपिट गरी घाइते बनाएको भन्दै विराेध प्रदर्शन भएकाे हाे ।
कुटपिटबाट घाइते नेता यादवको राजविराजको गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा उपचार भइरहेको जसपाका विद्यार्थी नेता श्यामकुमार यादवले जानकारी दिनुभयो ।
तस्बिर : पिन्टुकुमार यादवकाे फेसबुकबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।