जापानी प्रधानमन्त्री किशिदामाथि बम आक्रमणको प्रयास : एक व्यक्ति पक्राउ

 बैशाख २, २०८० शनिबार १०:३१:५३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई एउटा सार्वजनिक कार्यक्रममा बम आक्रमणको प्रयास भएको छ । उहाँलाई कार्यक्रम स्थलबाट सुरक्षित रूपमा उद्धार गरिएको छ ।

विस्फोटको आवाज सुनिएपछि प्रधानमन्त्री किशिदालाई सुरक्षा घेरामा राखिएको थियो । ‘स्मोक बम’ प्रहार गरिएको तर उहाँ सुरक्षित रहेकाे स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । बम फ्याकेको आशङ्कामा घटनास्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जापानको सार्वजनिक प्रसारक एनएचकेले घटनास्थलबाट मानिसहरू भागिरहेको दृश्य देखाएको छ । अघिल्लो वर्ष जापानका पूर्व प्रधानमन्त्री शिञ्जाे आबेलाई चुनावी अभियानका क्रममा गोली हानी हत्या गरिएको थियो ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया