बिहारको मोतिहारीमा विषाक्त जाँडरक्सी खाएर ज्यान गुमाउनेको सङ्ख्या ३२ पुग्यो

 बैशाख ५, २०८० मंगलबार ६:५४:१९ | एजेन्सी
unn.prixa.net

भारतको पूर्वी राज्य बिहारको मोतिहारीमा विषाक्त जाँडरक्सी खाएर ज्यान गुमाउनेको सङ्ख्या ३२ जना पुगेको छ ।

गम्भीर बिरामी भएका १४ जनाको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुले शनिवार विषाक्त जाँडरक्सी खाएका मोतिहारीका वरिष्ठ प्रहरी अधिकारी कन्तेशकुमार मिश्रले जानकारी दिनुभएको छ ।

विहारका मुख्यमन्त्री नितिश कुमारले हिजो पीडित परिवारलाई ४ हजार ८ सय ८१ अमेरिकी डलर क्षतिपूर्ति दिने घोषणा गर्नुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतमा विषाक्त जाँडरक्सी खाएर ज्यान गुमाउने घटना पटक पटक हुँदै आएका छन् । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया