बालुवाटारमा प्रधानमन्त्री ओलीलार्इ टीका लगाउन भ्याइनभ्याई

 कात्तिक ५, २०७५ सोमबार १३:१९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – विजया दशमी अर्थात् टीका पछिको तेस्राे दिन सोमबार पनि प्रधानमन्त्री निवास वालुवाटारमा टीका लगाउन सर्वसाधरण तथा कार्यकर्ता उल्लेख्य संख्यामा पुगेका छन् ।

सरकारले एकादशीसम्म मात्रै दशै विदाको समय दिएको भए पनि प्रधानमन्त्रीको सचिवालयले चतुर्थीसम्म प्रधानमन्त्रीले टीका लगाइदिने बताएपछि कार्यकर्ता तथा सर्वसाधरण सोमबार पनि टीका लगाउन बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री ओली बिहानैदेखि बालुवाटार पुगेकाहरुलाई टीका र जमरा लगाउन व्यस्त रहनुभएको छ । आइतबार पनि प्रधानमन्त्री टीका र जमरा लगाउन मै व्यस्त हुनुभयो । यस अघिका प्रधानमन्त्रीले टीका पछिका दिनमा पनि यसरी सर्वसाधरण र कार्यकर्तालाई टीका लगाउने गरेका थिएनन् ।

यसपटक भने प्रधानमन्त्री ओलीले चर्तुदशी सम्म सर्वसाधरणलाई टीका लगाउनुहुने भएको  छ । सरकारी कार्यालयहरु आइतबारदेखि नै सञ्चालनमा आउनु र प्रधानमन्त्रीले टीका भने चतुर्दशीसम्म लगाइरहनुले सरकारका कामकारवाहीमा विरोधाभाष देखिएको छ ।

 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया