दैलेखमा डढेलो निभाउने क्रममा घाइते भएकाहरुको घरका आफन्त नहुँदा उपचार प्रभावित

 बैशाख २८, २०८० बिहिबार ९:१५:३२ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखको आठबीस नगरपालिका–६ माल्यको वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका ७ जनाको नेपालगञ्जमा उपचार भैरहेको छ । उनीहरुको नेपालगञ्जको भेरी अस्पताल र नरसिंह कलेजमा उपचार भैरहेको हो । 

घाइते भएका १० जनामध्ये एक जना भैरे बिकको उपचारका क्रममा गएराति ज्यान गएको डा. आश्रिन सिद्धिकीले जानकारी दिनुभयो ।

अरु दुई जना सामान्य घाइते २३ वर्षीया जुना बिक र २४ वर्षीया मीना बिक राकमको स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि हिजो नै घर फर्किनुभएको थियो ।

नेपालगञ्ज पुर्‍याइएका ७ जनामध्ये ३० वर्षीया नबिन बिकको भेरी अस्पताल र ३१ वर्षीया बसन्धुरा बिकको नरसिंह कलेजमा आईसीयूमा राखेर उपचार भैरहेको छ ।

अरु पाँच जना १९ वर्षीया जौकला बिक, १८ वर्षीया छत्रा बिक र १८ वर्षीय मोतिराम बिकको नरसिंह कलेज अनि २९ वर्षीय प्रज बिक र २३ वर्षीया नैना बिकको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आठबीस–६ सिंगासैनको अइढुंगादेखि तुसारपानी गोरेटो बाटो खन्ने काममा हिजो जंगलमा डढेलो लागेपछि निभाउने क्रममा उनीहरु घाइते भएका थिए ।

नेपालगञ्जमा रहेका आफन्तले घाइतेको औषधि खर्च र रेखदेख गरिहेका छन् । 

परिवारका सदस्य नभएको कारण अप्रेशन गर्ने प्रकृयामा ढिलाइ भैरहेको र अप्रेसन नथालिएको भेरी अस्पतालका डा. रुपानन्द अधिकारीले बताउनुभयो ।

परिवारका नातेदार नभएका कारण मृतक भैरे बिकको शव बुझाउन पनि ढिलाइ भैरहेको छ ।

घाइतेका परिवारजनलाई लिएर नेपालगञ्ज पुग्ने क्रममा रहेको आठबीस नगरपालिका उपमेयर कल्पना थापाले बताउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया