कुर्था सुरुवाल बेच्ने बहानामा ठगी गरेको भन्दै १ जना पक्राउ

 जेठ ४, २०८० बिहिबार २०:४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुली – सिन्धुलीमा कुर्था सुरुवाल बेच्न आउनेले ठगी गरेको भन्दै एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कमलामाई नगरपालिका वडा नम्बर ५ ऐसेलुजंगारमा ठगी गरेको आरोपमा प्रहरीले सर्लाहीका राहुल शाहलाई पक्राउ गरेको हो । शाहले ३५ सय रुपैयाँमा एक थान कुर्था सुरुवाल किनेमा ५५ सय रुपैयाँको कुपन र आठ हजार रुपैयाँसम्मको जिन्सी सामान पर्ने भन्दै प्रलोभनमा पारेर ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कुर्था सुरुवाल बेच्ने क्रममा शाहले कुपन नपरे ३५ सय रुपैयाँ पनि फिर्ता हुने र अर्को पाँच थान कुर्था सुरुवाल निःशुल्क पाइने भन्दै ठगी गर्ने गरेका थिए ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया