काभा महिला भलिबल चालेन्ज कप : आज नेपाल र बङ्लादेश खेल्दै

 जेठ ९, २०८० मंगलबार ८:४०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एनएससी–काभा महिला भलिबल चालेन्ज कपको दोस्रो खेलमा नेपालले आज बङ्लादेशसँग खेल्दैछ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा नेपाल र बङ्लादेशबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । नेपालले हिजो भएको पहिलो खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो । प्रतियोगितामा आज भारत र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै, श्रीलङ्का र कजाकस्तान तथा उज्वेकिस्तान र माल्दिभ्सबीच पनि खेल हुनेछ । नेपाल र भारत भोलि खेल्नेछन् । प्रतियोगितामा ८ टोली सहभागी छन् । समूह 'ए' मा घरेलु टोली नेपालसहित भारत, बङ्लादेश र किर्गिस्तान छन् ।

त्यस्तै, समूह 'बी' मा श्रीलङ्का, माल्दिभ्स, कजाकस्तान र उज्वेकिस्तान रहेका छन् । राउन्ड रोबिन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगिता आउँदो १४ गतेसम्म चल्नेछ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया