जापानका प्रधानमन्त्री किशिदाद्वारा छोरा शोतारोलाई निजी सचिवबाट बर्खास्त

 जेठ १६, २०८० मंगलबार ८:४७:५२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

जापानका प्रधानमन्त्री फुमियो किशिदाले आफ्ना छोरा शोतारो किशिदालाई निजी सचिवबाट बर्खास्त गर्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा ‘अनुपयुक्त व्यवहार’ गरेका कारण आफूले छोरालाई निजी सचिवबाट हटाउन परेको प्रधानमन्त्री किशिदाले बताउनुभएको छ ।

शोतारो किशिदाले गएको वर्ष प्रधानमन्त्रीको सरकारी निवासमा आफन्तलाई निम्ता गरी भोज गरेको तस्बिरसहित समाचार सार्वजनिक भएको थियो । अघिल्लो हप्ता समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीले छोरालाई पदबाट हटाउने घोषणा गर्नुभएको हो ।

विपक्षी दलले निरन्तर आलोचना गरेपछि प्रधानमन्त्रीले छोरालाई पदमुक्त गर्ने निर्णय गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • हरिबहादुर खड्का क्षेत्री

    May 30, 2023, 9:04 a.m.

    ल हेर्नुस त । नेपालमा भएको भए ? यहाँ त जलाहारी, नक्कलि शरणार्थि, वाइड बोडी लगायतका काण्ड हुदाँ पनि सरकार आफैले गलत ब्यक्तिको प्रति रक्षा गर्छ । हामी सच्चा नेपाली !!!

  •  0 Reply

तपाईको प्रतिक्रिया