महिला टी–२० क्रिकेटमा नेपालले मलेसियालाई हरायो : पाँच खेलको शृङ्खलामा एक/एकको बराबरी

 जेठ १६, २०८० मंगलबार १२:१९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालले महिला टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा मलेसियालाई ७ विकेटले हराएको छ । जितसँगै नेपालले पाँच खेलको शृङ्खलामा एक/एकको बराबरी गरेको छ ।

आज बिहान बाङ्गीमा भएको खेलमा मलेसियाले दिएको ९८ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि कप्तान रुविना श्रेत्रीले अविजित सर्वाधिक २९ रन बनाइन् । त्यस्तै, कविता कुँवरले २६ र सीता राना मगरले २३ रन जोडिन्।

मलेसियाका ऐश्या एलिसा, निक नुर र विनीफ्रन्ड आनीले समान एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९७ रन बनाएको थियो । मलेसियाका लागि मास एलिसा यासमिन जुक्किफीले सर्वाधिक २८ रन बनाइन् ।

नेपालका रुविना क्षेत्रीले २ तथा इन्दु बर्मा र कविता कुँवरले एक/एक विकेट लिए । हिजो भएको पहिलो खेलमा नेपाल मलेसियासँग ५ विकेटले पराजित भएको थियो । शृङ्खला अन्तर्गत पर्सि बिहीवार तेस्रो, शनिवार चौथो र आइतवार पाँचौँ तथा अन्तिम खेल हुनेछ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया