प्रचण्ड र मोदीले भने – 'वार्ताका माध्यमबाट सीमाको विषय समाधान हुन्छ'

 जेठ १८, २०८० बिहिबार १३:४८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा समस्यालाई वार्ता र संवादबाट टुङ्ग्याउने बताएका छन् ।

हैदराबाद हाउसमा भएको संयुुक्त पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले सीमा समस्यालाई वार्ता र संवादका माध्यमबाट समाधान गर्ने बताएका हुन् । ‘नेपाल र भारतको सम्बन्धलाई हिमालयको जत्तिकै उचाइ दिने काम गरिरहेका छौँ, हामीबीच भएका बाउन्ड्रीका विषय समाधान गर्नेछौँ ’ मोदीले भन्नुभयो । 

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भन्नुभयो, ‘प्रधानमन्त्री मोदी र मैले सीमाका विषयमा कुराकानी गर्यौँ, मैले द्विपक्षीय कुटनीतिक माध्यमबाट समस्याका विषयहरुको नतिजा निस्कने गरी काम गर्न आग्रह गरेको छु ।’ 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया