महिला टी–२० क्रिकेट शृङ्खलाको निर्णायक खेलमा नेपालले आज मलेसियासँग खेल्दै

 जेठ २१, २०८० आइतबार ६:३९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - महिला टी–२० क्रिकेट शृङ्खलाको पाँचौँ तथा निर्णायक खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दैछ । शृङ्खला २–२ को बराबरीमा छ ।

आजको खेल जित्ने टोलीले शृङ्खला जित्नेछ । खेल बिहान पौने ९ बजे बाङ्गीमा सुरु हुनेछ । हिजो भएको चौथो खेलमा नेपाल मलेसियासँग ४ विकेटले पराजित भएको थियो ।

त्यस्तै, पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो भने दोस्रो र तेस्रो खेल जितेको थियो । नेपाल दोस्रो खेलमा ७ विकेटले र तेस्रो खेलमा २७ रनले विजयी भएको थियो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया