लोपोन्मुख जाति राउटे समुदायका ज्येष्ठ सदस्य कर्णबहादुर शाहीको निधन

 जेठ २४, २०८० बुधबार ९:४२:२७ | अमर सुनार
unn.prixa.net

दैलेख – लोपोन्मुख जाति राउटे समुदायका ज्येष्ठ सदस्य ९४ वर्षीय कर्णबहादुर शाहीको निधन भएको छ । दैलेखको भैरबी गाउँपालिका–१ दारेघाटमा उहाँको निधन भएको सोसेक नेपालको राउटे परियोजनाका सहजकर्ता लालबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँको बिहान दाहसंस्कार गरिएको खत्रीले जानकारी दिनुभयो । राउटेको संस्कार अनुसार शाहीको शवलाई चिहानमा गाडिएको हो । राउटे समुदायमा बाँदर मार्ने जालमा शव गुथेर चिहानमा गाड्दा हरेक घरबाट धान, चामल अनि नयाँ कपडा चढाउने चलन छ । राउटेको निधन मुल किरिया बस्न नपर्ने र निधन भएको ११–१३ दिनको बीचमा मंगलबार वा शनिबार पारेर सबैले कपडा धुने अनि मृतकको नाममा कुखुरा काट्ने चलन रहि आएको पनि खत्रीले जानकारी दिनुभयो । 

यस्तै, राउटे समुदायका कोही सदस्यको निधन पछि बसिरहेको बस्ती एक हप्ता भित्र छोड्ने र नयाँ ठाउँमा सबैले कपडा धुने अनि मृतकको नाम कुखुरा काटेर मासु खाइ शुद्ध हुने चलन छ । राउटे समुदायमा अब एक सय ४१ जना मात्र छन् ।

दैलेख आसपासको क्षेत्रमा फिरन्ते जीवन बिताइरहेका राउटे समुदायले नागरिकता लिएका छैनन् । उनीहरुले खेतीकिसानी, पठाइलेखाइ गर्न र नागरिकता लिन आफूहरुले नमिल्ने बताउने गरेका छन् । २०६३ सालदेखि राउटे समुदायका सबै जनाले सामाजिक सुरक्षा भत्ता पाउन थालेपछि सहजताका लागि गुराँस गाउँपालिकाले उनीहरुको बस्ती सरेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता दिने गरेको छ ।

राउटे समुदायको स्वास्थ्य सरसफाइ, खानपिन र सामाजिक जीवन सहजीकरण गर्न राउटे समुदाय बस्ती सरेसँगसँगै हिँड्ने गरी सोसेक नेपालले राउटे परियोजना सञ्चालन गरेको छ । परियोजनापछि राउटे बालबालिकाहरुले अंक र अक्षर लेख्ने, कुनै घाउ अथवा चोटपटक लाग्दा वा बिसञ्चो हुँदा औषधि उपचार गराउने लगायतका सामाजिक जीवनको अभ्यास  गर्न थालेका छन् ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया