जापानमा आप्रवासन र शरणार्थी कानूनलाई परिमार्जन गर्ने विवादास्पद विधेयक पारित

 जेठ २७, २०८० शनिबार ६:३०:३१ | एजेन्सी
unn.prixa.net

जापानले आप्रवासन तथा शरणार्थीसम्बन्धी कानुनमा संशोधन गर्ने विवादास्पद विधेयक पारित गरेको छ । जापानी संसदको माथिल्लो सदनले हिजो यो कानुनको विधेयकलाई पारित गरेको हो ।

यो विधेयकले शरणार्थीको हैसियतका लागि आवेदन दिएका विदेशी नागरिकलाई समस्यामा पार्ने र देश छोड्न बाध्यकारी बन्न सक्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ । केही विपक्षी दलले अस्वीकार गरे पनि जापानी प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी र यसको कोमेइतो गठबन्धन सहयोगी र अन्य साना पार्टीहरूको समर्थनमा यो कानून ल्याउनुभएको होे ।

जापानमा सन् २०२२ मा तीन हजार ७ सय ७२ आवेदकमध्ये २ सय २ जनालाई शरणार्थीको दर्जा दिइएको थियो ।
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया