कुम्भकर्ण हिमालको आधार शिविर क्षेत्रमा फोहर सङ्कलन
कात्तिक १५, २०८१ बिहिबार
सप्तरी – आमासँगै बाटो काट्ने क्रममा स्कुल बसले ठक्कर दिँदा सप्तरीमा एक बालकको मृत्यु भएको छ।
आमाको हात छुटाएर बाटो काटने क्रममा स्कुल बसले ठक्कर दिँदा शुक्रबार बालकको मृत्यु भएको हो।
सप्तरीको राजविराज–रुपनी सडक खण्डमा रहेको रुपनी गाउँपालिका वडा न. २ मा ना.३ ख ७३९० नम्बरको बसले ठक्कर दिँदा राजविराज नगरपालिका-८ बस्ने गुणानन्द यादवका ५ वर्षीय छोरा शिवम कुमार यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
राजविराज नगरपालिका–९, मलेठमा रहेको कालिका बोर्डिङ्ग स्कुलको विद्यार्थी ओसारिरहेको ना.३ ख ७३९० नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
रुपनी गाउँपालिकाको पौवामा रहेकाे घर गइरहेका बेला भ्यानबाट ओर्लिएका बालककी आमाले भ्यानको भाडा तिरिरहेका बेला हात छुटाएर बाटो काटने क्रममा बालकलाई बसले ठक्कर दिएको थियो ।
बालकको मृत्युपछि बेहोस भएकी आमा हिरादेवी यादवको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । यता मृतक बालकलाई पोष्टमार्टमका लागि त्यसै अस्पतालमा राखिएको छ।
घटनालगत्तै बस छाडेर चालक फरार भएका छन् । बसलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
बस चालकलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै स्थानीयबासीले केही समय चक्का जाम गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।