नेपाल प्रवेश गरेको नौ दिनपछि मनसुन देशभर फैलियो

 असार ८, २०८० शुक्रबार १४:३१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जेठ ३१ गते पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन देशभर फैलिएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर देशभर मनसुन फैलिएको जानकारी गराएको हो । औसतभन्दा एक दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसुन देशभर फैलन नौ दिन लागेको छ ।

मनसुन नेपाल प्रवेश गरेको पहिलो दिनमै कोशीसँगै बाग्मती र मधेस प्रदेशको पूर्वी भूभागमा फैलिएको थियो । विभागले निकालेको विशेष बुलेटिनमा देशभर मनसुन फैलिएको र सक्रिय अवस्थामा रहेकाले आउँदाे तीन दिन विभिन्न भूभागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको उल्लेख छ ।

मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षा र केही ठाउँमा अत्यधिक वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ । मनसुन सक्रिय भएसँगै देशभर बाढी, पहिरो, डुबान, भूक्षय लगायतका समस्या आउन सक्ने भन्दै विभागले खराब मौसमका कारण हुन सक्ने जोखिम र क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया