पुल नापजाँच गर्ने क्रममा इन्जिनियरिङका एक जना विद्यार्थीलाई तमोरले बगायो

 असार ९, २०८० शनिबार ८:२८:४ | सन्ताेष रुचाल
unn.prixa.net

फाइल तस्बिर

धनकुटा – धनकुटामा मोटरेबल पुल निर्माणका लागि नापजाँच गर्ने क्रममा एक जना इन्जिनियरिङका विद्यार्थीलाई तमोर नदीले बगाएको छ । 

मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग घर भएका २३ वर्षीय सिद्धार्थकुमार खत्रीलाई साँगुरीगढी गाउँपालिका–९ मा पर्ने दिलुङटारबाट तमोर नदीले बगाएको हो । सहिदभूमि गाउँपालिका–१ सफाई र साँगुरीगढी गाउँपालिकाको दिलुङटारमा तमोर नदीमाथि मोटरेबल पुल निर्माणको तयारी छ । त्यही पुल निर्माणका लागि नापजाँच गर्ने क्रममा शुक्रवार साँझ खत्रीलाई तमोर नदीले बगाएको सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले बताउनुभयो । खत्री नदीको वारी सफाई र पारी दिलुङटारमा इन्जिनियरहरु बसेर पुल निर्माण स्थलको नापजाँच गर्दै थिए । नदी किनारको ढुंगामाथि चढेर नाप्ने क्रममा चिप्लिएर लड्दा खत्रीलाई नदीले बगाएको हो । 

शुक्रवार साँझदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नदीमा खोजी जारी राखिएको भए पनि नदीमा बाढी आएका कारण अहिलेसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । 

खत्री काठमाण्डौको थापाथली क्याम्पसमा इन्जिनियरिङ अध्ययनरत हुनुहुन्छ । दुई दिन अघि मात्र क्याम्पसबाट ६ जनाको टोली सिभिल इन्जिनियरिङको प्रयोगात्मक अभ्यासका लागि धनकुटा आएको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया