पुलकाे बाटाे घुमाउराे भन्दै छाेटाे बाटाे जान खाेज्दा बगेर एक किशाेरीकाे ज्यान गयाे

 असार ९, २०८० शनिबार ९:३५:१ | अमर सुनार
unn.prixa.net

फाइल तस्बिर

दैलेख – दैलेखमा खोलाले बगाउँदा शनिबार एक किशाेरीकाे ज्यान गएको छ । ठाँटीकाँध गाउँपालिका–४ गैरागाउँकी १६ वर्षीया उर्मिला कठायतको ज्यान गएको हाे ।

गएराति गहुँ पिस्न घट्टमा बास बसेकी ती किशोरी झोलुङ्गे पुलबाट घुमाउरो पर्ने ठानेर छोटो बाटोका लागि भूतगाढ खोला तर्न लाग्दा खोलाले बगाएको ठाँटीकाँध प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) कृष्ण कुँवरले बताउनुभयो । 

घट्ट नजिकैबाट खोला तर्न लागेकी ती किशोरीलाई खोलाले बगाएर झण्डै २ सय मlटर टाढा खोलाको किनारामा ल्याएको थियो । मृतक उर्मिला ठाँटीकाँध गाउँपालिका–४ मा रहेकाे देउती मावि गैरागाउँमा कक्षा १० मा अध्ययनरत हुनुहुन्थ्यो ।  

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया