एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपमा नेपालले मलेसियालाई दियो १ सय ८४ रनको लक्ष्य

 असार १५, २०८० शुक्रबार १०:१५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपमा समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई १ सय ८४ रनको लक्ष्य दिएको छ ।

बायोमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ३३ ओभर ४ बलमा १ सय ८३ रनमा अलआउट भयो । नेपालका लागि अशोक धामीले सर्वाधिक ५२ रन बनाए ।

त्यस्तै, नरेन भट्ट र सूर्यांशु कोइरालाले समान २९ रन जोडे । मलेसियाका हजिक हैकवाल, मोहम्मद अक्रम, मोहम्मद मुकरी र एरिन अकिलले समान दुई विकेट लिए ।

मलेसियाले अहिले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । आजको यो खेलले समूह ‘ए’ को विजेताकाे टुङ्गो लाग्नेछ । नेपालले पहिलो खेलमा थाइल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको थियो । थाइल्यान्डलाई हराएको नेपाल र मलेसिया सेमिफाइनलमा पुगिसकेका छन् । सेमिफाइनलका खेल भोलि हुनेछन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया