अर्घाखाँचीको गोरुसिंगे-सन्धिखर्क सडक पहिरोले अवरुद्ध

 असार १६, २०८० शनिबार ८:४९:१३ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको गोरुसिंगे-सन्धिखर्क सडक पहिरोले अवरुद्ध भएको छ । सन्धिखर्क–६ नरपानीको बहखोरामा गएराति पहिरो खसेपछि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

नरपानीकै दहखोला र शितगंगा–१३ कोन्द्रेखोलामा खसेको पहिरो हटाएको र बहखोराको पहिरो पन्छाउने काम भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो । सडक बन्द हुँदा सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क भित्रिने यात्रु बीचबाटोमै रोकिएका छन् ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया