प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य, दिउँसो मन्त्रीपरिषदको बैठक बस्ने

 कात्तिक ११, २०७५ आइतबार १२:७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य नै रहेकाले आइतबार दिउँसो मन्त्रीपरिषदको बैठक बस्न लागेको उहाँका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रधानमन्त्री ओलीलाई सामान्य रुघाखोकी मात्र लागेको हो । आफ्नै पार्टीले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सहभागी नभएपछि उहाँको स्वास्थ्य अवस्थाबारे चासो बढेको छ । 

तर मृगौला पत्यारोपण गरेका कारण सामान्य रुघाखोकी लागेका बेला पनि भिडभाडमा निस्कनु स्वास्थ्यको लागि हानिकारक हुनसक्नै भन्दै शनिबारको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी नभएको अर्यालले दाबी गर्नुभयो । चिकित्सकले उहाँलाई आराम गर्न सल्लाह दिएको सल्लाहकार अर्यालले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया