दैलेखमा विषालु च्याउ खाँदा एकै घरका चार जना बालबालिका बिरामी

 असार २३, २०८० शनिबार २०:४२:५६ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखको महाबु गाउँपालिका–२ डुङ्ग्रीमा जङ्गली विषालु च्याउ खाँदा एकै घर चार जना बालबालिका बिरामी परेका छन् । आज बिहान जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी परेका महाबु गाउँपालिका–२ का वडा सदस्य पशुपति सुनारले बताउनु भयाे । 

च्याउ खाएर १८ वर्षीय गणेश विक, १४ वर्षीय धर्मराज विक, १० वर्षका तिलक विक र १६ वर्षीया भगवती विक बिरामी परेका हुन् । दैलेख अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि उनीहरुलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको दैलेख अस्पतालका डा.सुशीला कटुवालले जानकारी दिनुभयो ।

बुबा मानबहादुर विक र आमा कौशिला विक घाँसपात गर्न गएको बेला पकाइराखेको च्याउ खाँदा उनीहरु चारै जना बिरामी परेका हुन् । च्याउ खाएकामध्ये तिलकको अवस्था गम्भीर रहेको डा. कटुवालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया