लगातारको ठूलो वर्षाका कारण भारतको नयाँदिल्ली जलमग्न, यमुना नदीमा जलसतह ४५ वर्षयताकै उच्च

 असार २८, २०८० बिहिबार ९:८:३२ | एजेन्सी
unn.prixa.net

लगातारको वर्षाका कारण भारतको राजधानी दिल्ली जलमग्न भएको छ । यमुना नदीमा पानीको सतह ज्यादै बढ्दा धेरै ठाउँमा डुबान भएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यमुना नदीमा जलसतह ४५ वर्षयताकै उच्च भएको बताएका बीबीसीले जनाएको छ । उहाँका अनुसार नदीमा अझै पानीको सतह बढिरहेको छ । भारतीय सञ्चार माध्यमका अनुसार हिजो यमुना नदीमा पानीको सतह २ सय ८ दशमलव ०८ मिटर मापन गरिएको छ । यो भनेको खतराको बिन्दुभन्दा झण्डै दुई मिटर धेरै हो ।

सन् २०१३ मा २ सय ७ दशमलव ३३ मिटर मापन गरिएको थियो । सन् १९७८ मा २ सय ७ दशमलव ४९ मिटर मापन गरिएको थियो । बाढीको खतरालाई मध्यनजर गर्दै दिल्ली सरकारले होचा क्षेत्र खाली गर्न चेतावनी जारी गरेको छ ।

हरियाणाको हथिनीकुथ बाँधबाट निरन्तर पानी छोडिएकाले दिल्लीमा बाढी आएको हो । बाढीको पानी सडक र वस्ती क्षेत्रमा पस्दा सहर पूरै जलमग्न भएको छ । बाढीको खतरालाई मध्यनजर गर्दै दिल्ली सरकारले होचा क्षेत्र खाली गर्न चेतावनी जारी गरेको छ । नदी आसपासका झण्डै तीन हजार जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया