भारतको चन्द्रयान–३ को सफल प्रक्षेपण, अगस्टको पहिलो हप्ता चन्द्रमाको कक्षमा पुग्ने

 असार २९, २०८० शुक्रबार १७:१५:३० | एजेन्सी
unn.prixa.net

भारतको चन्द्रयान–३ को सफल प्रक्षेपण भएको छ । दक्षिण भारतमा रहेको सतिश धावन अन्तरिक्ष केन्द्रबाट भारतीय समय अनुसार दिउँसो दुई बजेर ३५ मिनेटमा एलभीएम ३ रकेटले चन्द्रयानलाई अन्तरिक्षमा लगेको छ ।

प्रक्षेपण सफल भएपछि भारतीय अन्तरिक्ष संस्था इसरोका प्रमुख एस सोमनाथले प्रक्षेपण मिसन सफल भएको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ । प्रमुख एस सोमनाथका अनुसार अगस्टको ५ तारिखमा चन्द्रयान–३ चन्द्रमाको कक्षमा पुग्ने छ ।

योजना सफल भएमा चन्द्रमाको दक्षिणी ध्रुवमा सकुशल रोभर पुर्याउने भारत पहिलो देश बन्ने छ । यस्तै चन्द्रमामा रोभर पुर्याउने चौथो दशे बन्ने छ । चन्द्रमाको याे भागको अहिलेसम्म नक्साङ्कन भएको छैन । चन्द्रमाको ध्रुवीय सतह निकै खतरनाक छ । त्यहाँ ठूलाठूला खाडल र भिरहरू छन् । केही खाडलमा अर्बौँ वर्षदेखि सूर्यको प्रकाश परेको छैन । त्यहाँको तापक्रम निकै कम अर्थात् माइनस २०३ डिग्री सेल्सियससम्म छ।

चन्द्रमाको ध्रुवीय क्षेत्र चट्टान र माटोबाट बनेको छ । त्यहाँको सतहको अन्वेषण गर्दा सौर्यमण्डलको निर्माणसँग सम्बन्धित रहस्योद्घाटन पनि हुन सक्छ । भारतको अन्तरिक्ष निकायले चन्द्रयान–३ नाम दिइएको आफ्नो चन्द्र अभियानलाई असफल हुन नदिन सबै उपाय अपनाएको बताएको छ ।

चन्द्रयान–३ अभियानका लागि भारतले झन्डै ८ करोड डलर खर्च हुने अनुमान गरेको छ । ल्यान्डरले चन्द्रमामा विभिन्न प्रयोग र परीक्षण गर्ने अपेक्षा गरिएको छ । सन् २०१९ को सुरुतिर प्रक्षेपण गरिएको चन्द्रयान–२ चन्द्रमामा अवतरण गराउन सकिएको थिएन । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया