सीमा विवाद समाधानका लागि सहमतिमा आउन भारतलाई चीनको आग्रह

 असार ३०, २०८० शनिबार १६:५:५० | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

चीनले भारतलाई सीमा विवाद समाधानका लागि सहमतिमा आउन आह्वान गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको विदेश मामिला आयोगको कार्यालयका निर्देशक वाङ यीले भारतका विदेशमन्त्री सुब्रमण्यम जयशंकरसँग भएको भेटमा सीमा विवाद सुल्झाउनका लागि सहमतीमा आउन आग्रह गर्नुभएको एएफपीले जनाएको छ ।

वरियतामा चिनियाँ विदेशमन्त्रीभन्दा माथि रहनुभएका चीनका उच्च कूटनीतिज्ञ वाङले दुई पक्षले एकअर्कालाई शंका गर्नुको सट्टा एक अर्कालाई समर्थन गर्नुपर्नेमा जोड दिनुभएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । भारत र चीनबीचको सम्बन्ध पछिल्लो समय सीमानालाई लिएर बिग्रिएको छ ।

भिसा विवादमा दुई पक्षले एकअर्काका सबैजसो पत्रकारहरूलाई निष्कासन गरेका छन् । लद्दाख क्षेत्र सहित अरुणाचल र कश्मीरमा समेत दुई देशबीच सीमा विवाद रहेको छ । चिसो सम्बन्धका बाबजुद चीन भारतको दोस्रो ठूलो व्यापार साझेदार हो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया