छातीमा संक्रमण देखिएपछि प्रधानमन्त्री ओली शिक्षण अस्पतालमा भर्ना

 कात्तिक १२, २०७५ सोमबार ८:५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – छातीमा संक्रमण देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भर्ना गरिएको छ । केही दिनदेखि अस्वस्थ्य भएर आराम गरिरहेका प्रधानमन्त्री ओलीलाई अाइतबार राति त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।

डाक्टर अरुण सायमीका अनुसार प्रधानमन्त्री ओलीको सीसीयूमा राखेर उपचार भइरहेको छ । आइतबार रातिको तुलनामा अहिले स्वास्थ्यमा केही सुधार आएको पनि डाक्टर सायमीले बताउनुभयो । छातीमा नै संक्रमण देखिएकाले प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमा नै राखेर उपचार गरिने उहाँले बताउनुभयो । 

बिहान ९ बजे पछि प्रधानमन्त्री ओलीको फेरि स्वास्थ्य जाँच गरेर स्वास्थ्य अवस्थाबारे जानकारी गराउने अस्पतालको तयारी छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे प्रेस विज्ञप्ति निकालेर सार्वजनिक गरिने पनि अस्पतालले जनाएको छ ।

डाक्टर अरुण सायमीको नेतृत्वमा प्रधानमन्त्रीको निजी डाक्टर दिव्या सिंह र छाती रोग विशेषज्ञ डाक्टर सन्तकुमार दास  प्रधानमन्त्री ओलीको उपचारमा हुनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया