‘प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य, आत्तिनु पर्दैन’

 कात्तिक १२, २०७५ सोमबार १३:२७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – छातीमा सङ्क्रमण देखिएपछि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँका जनसम्पर्क सल्लाहकार अच्युत मेनालीले बताउनुभएको छ । 

बाहिर हल्ला गरिएजस्तो प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था जटिल नभएको सल्लाहकार मैनालीले बताउनुभयो । चिसोले गर्दा खोकी अलि बढेको मात्रै भएको भन्दै मैनालीले आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले पत्रकारहरुसँग कुरा गर्दै भन्नुभयो, ‘चिसोले गर्दा खोकी अलि बढेको हो, आत्तिनु पर्दैन । केही दिन उहाँ डाक्टरहरुको निगरानीमा अस्पतालमै बस्नुहुन्छ ।’

प्रधानमन्त्री निवास बालुवाटारमै राख्दा भिडभाडका कारण संक्रमण हुन सक्ने भएकाले मात्रै अस्पतालमा राखेर उपचार गरिएको मैनालीले बताउनुभयो । डाक्टरहरुले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भैरहेको र विदेश लैजान नपर्ने बताएको पनि मैनालीले बताउनुभयो । 

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न नेता कार्यकर्ता तथा शुभेच्छुकहरु अस्पताल आइरहेका छन् । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया