भारतले बासमतीबाहेकका चामल निर्यातमा रोक लगायो

 साउन ५, २०८० शुक्रबार ७:२४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - भारतले बासमतीबाहेकका चामल निर्यातमा रोक लगाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालय मातहतको विदेश व्यापार महानिर्देशनालयले हिजो एक सूचना निकालेर गैरबासमती सबै प्रकारका सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको जनाएको हाे ।

निर्यात नीतिअनुरुप गैरबासमती सेतो चामल स्वतन्त्र रुपमा निर्यात गर्न प्रतिबन्ध गरिएको र यो निर्णय तत्कालै लागू भएको महानिर्देशनालयको सूचनामा उल्लेख छ । तर यसअघि नै निर्यातका लागि लोड भइसकेको हकमा भने बाधा पुग्ने छैन ।

भारतमा धानको उत्पादन घट्ने प्रक्षेपणले चामलको मूल्य बढ्न थालेपछि सरकारले निर्यातमा प्रतिबन्ध लगाएको अनुमान छ । भारतले चामल निर्यात रोकेपछि नेपालमा पनि यसको असर पर्ने देखिन्छ । तर व्यवसायीले भारतको पछिल्लो निर्णयले खासै असर नपर्ने दाबी गरेका छन् ।

भारतबाट नेपालमा धेरै बासमती चामल आयात हुने गरेको र अहिले बासमतीबाहेकका चामल निर्यातमा रोक लगाएकाले असर नपर्ने उनीहरुको भनाइ छ । भारतबाट नेपालमा बर्सेनि अबौँको चामल आयात हुँदै आएको छ । गएको आर्थिक वर्ष २०७९/८० को ११ महिनामा भारतबाट ३३ अर्ब ३७ करोड रुपैयाँ बराबरको धान चामल आयात भएको राष्ट्र बैंकको तथ्याङ्क छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया