मणिपुर हिंसालाई लिएर भारतका दुवै सदनको बैठकमा अवरोध

 साउन १२, २०८० शुक्रबार १५:०:२७ | एजेन्सी
unn.prixa.net

भारतको मणिपुरमा भइरहेको जातीय हिंसा नियन्त्रणको लागि पर्याप्त प्रयास नगरेको भन्दै भारतमा विपक्षी दलका सांसदहरुले दुवै सदनका बैठक अवरुद्ध गरेका छन् ।

विपक्षी सांसदहरुको अवरोधका कारण लोकसभा र राज्यसभा दुवै सदनका बैठक आउँदो सोमवारसम्मका लागि स्थगित भएको बीबीसी हिन्दीले जनाएको छ ।

विपक्षी सांसदहरु इन्डिया फर मणिपुर लेखेका पर्चा हातमा बोकेर संसद् बैठकमा प्रवेश गरेका थिए । उनीहरुले मणिपुरको अवस्था र त्यहाँको स्थिति नियन्त्रणका लागि भइरहेका प्रयासबारेमा प्रधानमन्त्री नरेन्द्र मोदी संसद् बैठकमा आएर जवाफ दिनुपर्ने माग गरेका छन् ।

मणिपुरमा चलिरहेको जातीय हिंसामा एक सय ६० जनाभन्दा धेरैले ज्यान गुमाएका छन् । ६० हजार जनाभन्दा धेरै विस्थापित भएका छन् । पछिल्लो समय महिलामाथि दुर्व्यवहारका घटना बढेपछि अन्तर्राष्ट्रिय चासो पनि बढेको छ।  

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया