पर्यटकीय स्थल नरपानीमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम

 साउन १५, २०८० सोमबार १४:३९:११ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – चिसो हावा र चिसो पानीले प्रसिद्ध अर्घाखाँचीको पर्यटकीय स्थल नरपानीमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम गरिएकाे छ ।

नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति अर्घाखाँचीले शहीद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसरमा मनोज, झपेन्द्र स्मृति पार्कमा साेमवार वृक्षरोपण तथा सरसफाइ कार्यक्रम गरेको हो ।वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसाल, सन्धिखर्क नगरपालिकाका मेयर कृष्णप्रसाद श्रेष्ठ, सन्धिखर्क–६ का वडाध्यक्ष श्रीधर महत्रा, मालारानी गाउँपालिका–५ का वडाध्यक्ष तिलक मिश्र तथा कर्मचारीको उपस्थिति थियो ।

नरपानीबाट धेरै हिमाल देख्न पाइने हुनाले यहाँ पर्यटक आउने गर्दछन् । यहाँ भारतबाट आउने पर्यटकको सङ्ख्या बढेको सन्धिखर्क नगरपालिकाका मेयर कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । पहाडको मनोरम दृश्यले भरिपूर्ण नरपानीलाई प्रमुख पर्यटकीय स्थलको रूपमा विकास गर्न र नरपानीमा आएका पर्यटकलाई अझ आकर्षित गर्न वृक्षरोपण तथा सरसफाइ गरिएको कर्मचारी सङ्गठनका जिल्ला सचिव पशुपति खनालले बताउनुभयो । 

'पिकनिक' स्थलको रूपमा विकसित हुँदै गएको यस क्षेत्रमा कपिलवस्तु, रुपन्देही, दाङ, नवलपरासी, बाँके र बर्दियाबाट पनि पर्यटक आउने गरेका छन् । महेन्द्र राजमार्गको कपिलवस्तु गोरुसिङ्गेबाट ५० किलोमिटरको दुरीमा नरपानी पुग्न सकिन्छ । गोरुसिङ्गे–सन्धिखर्क सडकमा पर्ने यस क्षेत्रमा पछिल्लो समय भारतीय पर्यटक बढी आउने गरेका सन्धिखर्कका मेयर श्रेष्ठको भनाइ छ ।

सुपादेउरालीमा धार्मिक विश्वासका साथ पाठा, पाठी चढाउन आउने र देउरालीमा चढाएका पाठा, पाठी लिएर नरपानीमा वनभोज जस्तै गरी खाने गरिन्छ । यहाँ वरिपरि हरियाली डाँडा छ । बीचमा समथर भूभाग पनि रहेको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया