भारतकाे गुरुग्राममा मस्जिदमा आगजनी हुँदा एक जनाकाे ज्यान गयाे

 साउन १६, २०८० मंगलबार ११:३३:५५ | एजेन्सी
unn.prixa.net

भारतको हरियाणा राज्यको मेवातमा साम्प्रदायिक हिंसा फैलिएपछि राति राजधानी दिल्लीनजिकै रहेको गुरुग्राममा एक मस्जिदमा आगजनी भएको छ ।

गुरुग्राममा भएको घटनामा मस्जिदका एक इमामको ज्यान गएको र अरू केही मानिस घाइते भएका बीबीसी हिन्दीले जनाएको छ । यसबारे सुरक्षा निकायले केही जानकारी दिएको छैन । मेवातमा हिजो एउटा धार्मिक यात्राका क्रममा दुई समूहबीच हिंसा भएको थियो । त्यहाँ पनि ठाउँठाउँमा आगजनीका घटनाहरू भएका छन् । कम्तीमा १२ जना घाइते भएका खबरमा उल्लेख छ ।

साम्प्रदायिक हिंसा फैलिएपछि मेवातमा धेरैको सङ्ख्यामा सुरक्षाकर्मीहरू खटाइएको छ । सरकारले भोलि बुधवारसम्म इन्टरनेट बन्द गरिदिएको छ । सन् २००४ मा हरियाणा सरकारले गुरुग्राममा १७ वटा मन्दिरहरू, दुई वटा गुरुद्वारहरू, एक गिर्जाघर र एक मस्जिद निर्माणका लागि जग्गा बाँडफाँट गरेको थियो ।

आगो लगाइएको मस्जिद त्यही जग्गामा निर्माण भएको गुरुग्रामको एक मात्र मस्जिद हो । त्यहाँ वरपर बस्ने मुसलमानहरू नमाज पढ्न आउँछन् ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया