भारत र वेस्ट इन्डिजबीचको तेस्रो तथा निर्णायक एकदिवसीय खेल आज

 साउन १६, २०८० मंगलबार १२:२७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारत र वेस्ट इन्डिजबीचको तेस्रो तथा निर्णायक एकदिवसीय खेल आज हुँदैछ । यो खेल ब्रायन लारा मैदानमा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ ।

घरेलु टोली वेस्ट इन्डिजले दोस्रो एकदिवसीयमा भारतलाई ६ विकेटले हराएर शृङ्खलामा एक/एकको बराबरी गरेको छ ।

भारतले दोस्रो खेलमा विराट कोहली र रोहित शर्मालाई विश्राम दिएको थियो । एकदिवसीयमा वेस्ट इन्डिजले भारतलाई हराएको यो चार वर्षयताको पहिलो खेल थियो । योसँगै वेस्ट इन्डिजले भारतसँग लगातार नौ हारको शृङ्खला अन्त्य गरेको छ । आजको खेल जित्ने टोलीले शृङ्खला जित्नेछ ।

यसपछि भारत र वेस्ट इन्डिजबीच पाँच टी–२० खेल हुनेछ । पहिलो टी–२० खेल पर्सि बिहीवार हुनेछ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया