ओलीको स्वास्थ्यमा सुधार, यही अवस्था रहे दुई तीन दिनमा डिस्चार्ज

 कात्तिक १३, २०७५ मंगलबार १०:३३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – छातीमा सङ्क्रमण देखिएपछि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको छातीको एक्स रे र रगत परीक्षण गरी अस्पतालले बिहान १० बजे ओलीको स्वास्थ्य अवस्थाबारे रिपोर्ट सार्वजनिक गरेको छ । 

रगतको परीक्षण र छातीको एक्सरेको रिपोर्ट सकारात्मक आएको र यही अवस्था रहे अब दुई तीन दिनमा नै प्रधानमन्त्री ओलीलाई बालुवाटार पठाउने उपचारमा संलग्न डा. अरुण सायमीले जानकारी दिनुभयो ।

धपेडी र आरामको कमीले प्रधानमन्त्री अस्वस्थ हुनुभएको यसअघि नै डाक्टरहरुले बताएका छन् । दसैँको बेला टीकाटालो र भेटघाटमा बढी नै व्यस्त हुनुभएकाले उहाँलाई संक्रमण देखिएको हो ।

डाक्टरहरुले भेटघाट कम गर्न र पर्याप्त आराम गर्न सल्लाह दिए पनि प्रधानमन्त्रीले पहिलेजस्तै भेटघाटलाई निरन्तरता दिनुभएको थियो । राति पनि कम सुत्नुहुन्थ्यो । मौसमी रुघाखोकीले समेत असर गरेपछि शुक्रबारदेखि उहाँको स्वास्थ्य कमजोर बन्दै गएको हो ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया