भारतको उत्तराखण्डमा गएकाे पहिरोमा परि एकै परिवारका सातसहित १३ जना नेपाली बेपत्ता

 साउन १९, २०८० शुक्रबार २०:९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतको उत्तराखण्ड प्रदेशमा रहेको गौरीकुण्डमा गएकाे पहिरोमा परेर कम्तीमा १३ जना नागरिक बेपत्ता भएका छन् । पहिराेमा परेर जुम्लाकाे पातारासी गाउँपालिका वडा नम्बर ३ चौर गाउँका एकै परिवारका ७ जनासहित कम्तीमा १३ जना बेपत्ता भएका हुन्।  बेपत्ता हुनेहरु हुम्ला र जुम्लाका रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिरोले उनीहरू बसेको होटल बगाएकाे हाे ।

गौरीकुण्डमा रहेका तीनवटा होटल पहिरोले बगाएको छ । जुम्लाको पातारासी गाउँपालिकाका उपाध्यक्ष जुनमाया रोकायाले वडा नम्बर २ र ३ का गरी ११ जना हराएका जानकारी आएको र थप बुझ्ने काम भइरहेको बताउनुभयो ।

जुम्लाकी सांसद कान्तिका सेजुवालले दिल्लीमा रहेको नेपाली दूतावासमा १६ जना नेपाली हराएको जानकारी आएको थाहा भएको र थप पुष्टि गर्ने काम भइरहेको बताउनुभयो ।

यसैबीच गृह मन्त्रालयले भारतको उत्तराखण्ड राज्यमा गएको पहिरोमा परि बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

स्थानीय हिलवाणी न्युज पोर्टलले पहिरोमा नेपाली नागरिक बेपत्ता भएको समाचारलाई उद्धृत गर्दै समन्वयका लागि पत्राचार गरेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले घटनाबारे नेपाल सरकारले जानकारी पाएको र आवश्यक सहजीकरणका लागि पहल गरिएको बताउनु भयो । उहाँले भारतको उत्तराखण्ड प्रदेशको नेपालसँग सिमाना जोडिएको जिल्ला कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीमार्फत् समन्वयको काम भइरहेको बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया