भारतको श्रावस्तीमा कार दुर्घटना : नेपालगञ्जका छ जनाको ज्यान गयाे

 साउन २१, २०८० आइतबार ८:३६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतको श्रावस्ती जिल्लामा कार दुर्घटना हुँदा बाँकेकाे नेपालगञ्जका ६ जनाकाे ज्यान गएकाे छ ।

 भारतको बलरामपुरबाट नेपालगञ्जका लागि छुटेकाे भारतीय नम्बर प्लेट युपी ४७ डब्ल्यू १२१७ नम्बरको कार दुर्घटना हुँदा दुई परिवारका छ जनाकाे ज्यान गएकाे हाे । 

दुर्घटनामा परि नेपालगन्ज सदरलाइनका ३५ वर्षीय वैभव गुप्ता, उहाँकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ताकाे ज्यान गएकाे छ । यस्तै, नेपालगञ्जकाे त्रिभुवनचोकका सन्तोष गुप्ताका २२ वर्षीय छोरा निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको दुर्घटनामा ज्यान गएकाे हाे । 

दुर्घटनामा परि गम्भीर घाइते भएका गाडी चालक अजय मिश्रको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो ।

 शनिवार हिजाे बिहान निलान्स र सुनिती मामाघर घुम्न र वैभव माइतीमा रहेकी दिपीकालाई लिन बलरामपुर पुगेर फर्किने क्रममा कार दुर्घटना भएको हाे । 

 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया