भारतले ५ सयभन्दा धेरै रेलवे स्टेशनको पुनःनिर्माण गर्ने

 साउन २२, २०८० सोमबार ७:२३:३७ | एजेन्सी
unn.prixa.net

भारतले ५ सयभन्दा धेरै रेलवे स्टेशनको पुनः निर्माण गर्ने भएको छ । त्यसका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रेलवे स्टेशनको पुनर्विकास गर्ने परियोजनाको शुभारम्भ गर्नु भएको छ  ।

२ सय ५० अर्ब भारतीय रुपैयाँको लागतमा विकसित हुने परियोजनाले यात्रुलाई राम्रो सुविधा उपलब्ध गराउने मोदीको दाबी छ । रेलवे स्टेशनहरूको पुनर्विकासमा प्लेटफर्महरूमा राम्रो बस्ने व्यवस्था, अपग्रेड गरिएको प्रतीक्षालय र निःशुल्क वाइफाइ जडान लगायतका सुविधाहरू समावेश हुनेछन् ।

प्रधानमन्त्री मोदीले तत्कालका लागि ५ सय ८ वटा स्टेशनहरुको पुनःनिर्माण गरिने बताउनुभयो । उहाँका अनुसार भारतीय सरकारले एक हजार ३ सय  वटा रेलवे स्टेशनहरूको पुनःनिर्माण गर्ने लक्ष्य राखेको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया