शिक्षण अस्पतालले लगायो प्रधानमन्त्रीसँगको भेटघाटमा रोक

 कात्तिक १३, २०७५ मंगलबार १८:५५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री के.पी. शर्मा ओलीको स्वास्थ्यस्थितिलाई मध्यनजर गर्दै शिक्षण अस्पतालले प्रधानमन्त्रीसँगको भेटघाटमा रोक लगाएको छ । 

धेरै व्यक्तिसँगको सम्पर्कले संक्रमण बढन सक्ने बताउँदै अस्पतालले उहाँसँगको भेटघाटमा रोक लगाएको हो । मंगलबार दिउँसो अस्पतालले एक विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्रीलाई स्वास्थ्यलाभ गराउन आफूहरुको पहिलो प्राथमिकता रहेको बताएको छ । विज्ञप्तिमा भनिएको छ,– ‘सम्माननीयज्यूको शीघ्र स्वास्थ्यलाभ गराउनु अस्पतालको पहिलो प्राथमिकता भएकोले चिकित्सकीय रायअनुसार भेटघाटलाई प्रतिबन्ध गरिएको व्योहोरा सम्बन्धित सबैमा अनुरोध गर्दछौँ ।’

प्रधानमन्त्री ओली कात्तिक १२ गतेदेखि शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ ।

यस्तो छ अस्पतालले जारी गरेको विज्ञप्ति 

त्यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले प्रेस नोट सार्वजनिक गरी प्रधानमन्त्री केप शर्मा ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउनुभएको छ । अर्यालले जारी गरेको नोटमा प्रधानमन्त्री ओलीले देशभित्र र बाहिरबाट आफ्नो स्वास्थ्य अवस्थाबारे चिन्ता र चासो व्यक्त गर्नुहुने सम्पूर्ण नेपाली दिदीभाइ–दाजुबहिनी तथा विदेशी मित्रहरुप्रति आभार प्रकट गरेको उल्लेख छ ।

साथै अर्यालले प्रधानमन्त्रीको स्वास्थ्य क्रमिक सुधार भएको समेत जानकारी गराउँदै अस्पतालले समय समयमा जारी गर्ने विज्ञप्तिहरुबाट आधिकारिक जानकारी पाउन सकिने जनाउनुभएको छ ।

अर्यालले जारी गर्नुभएको प्रेस नोट 


 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया